logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस बर्षको फागु मास्क र अबीरका साथ मनाउने


अंकुरण खबर
1.508K
Shares

सामाजिक सद्भावको सन्देशलाई प्रगाढ बनाउने समानताको पर्व होली पर्वको आगमनसँगै मिथिलाञ्चलमा रौंनकता छाएको छ । यो पर्वलाई असत्यमाथि सत्यको जितका रुपमा लिइन्छ । आपसी प्रेम प्रतीकका रुपमा रहेको यस पर्वको माध्यमबाट एकापसका भातृत्वको भावना जागिृत गर्नु नै मुख्य उद्देश्य हो ।

समाजका सबै वर्ग र समुदाय एकापसमा मिलेर रङ्ग अबीरको माध्यमबाट उज्वल भविष्यको कामनाका साथै आपसी प्रेम सधैँ बनिरहोस् भनि कामनाका साथ पर्व मनाइने गरिएको छ ।

खासगरी, जनकपुरधाममा मध्यमिथिला डोला परिक्रमाको सहभागीद्वारा जनकपुरधामको अन्तगृह परिक्रमा समापन गरेको भोलिपल्ट होली मनाउने गरिएको छ ।

कोरोना भाइरसबाट जोगिनका लागि भिडभाड नगर्न स्थानीय प्रशासनले आग्रह गरेपछि विगतको तुलनामा होली पर्व मनाउनेको उत्साहमा केही कमी आएको महसुस गरिएको छ । तर, होलीपर्व आफ्ना परिवार, इष्टमित्रसँग रुघाखोकी, सर्दी नलागेका व्यक्तिसँग सामान्य ढङ्गले मनाउन सकिने चिकित्सकहरुले पनि सुझाव दिएका छन् ।

सोही विषयलाई मध्यनजर गर्दै जनकपुरको मिथिला नाट्य कला परिषद्(मिनाप)ले यसवर्ष मनाउन लागेको फागु गीतको प्रतियोगिता र महामूर्ख सम्मेलनमा सहभागीबीच मास्क वितरण र अबीरको सट्टा पूmल दिएर होली पर्व मनाउन लागिएको सो परिषद्का अध्यक्ष परमेश झाले जानकारी दिए ।