logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नक्कली नागरिकता बनाइदिएको आरोपमा पुर्व सचिव पक्राउ


अंकुरण खबर
3.12K
Shares

बारा पर्साका बहुदरमाई न.पा.वडा नं.७ रामनगरी बस्ने पुर्व गाविस सचिव बिन्दा प्रसाद नेपालीलाई नक्कली नागरिकता बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

नक्कली नेपाली नागरिकता, जन्म र मृत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका बिभिन्न सरकारी कागजातहरु मोटो रकम लिई बनाएको आरोपमा सचिन पक्राउ परेका हुन् ।

उनले नागरिकता बनाउन प्रयोग हुने फोटो टासी तयारी गरेका अनुसुची-१ का फारमहरु, जन्मदर्ता, मुत्यू दर्ता, बिवाह दर्ता, बसाई सराई, जन्म प्रमाणित र सिमकर्डहरु लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न अन्य कागजातहरु सहित साहलाई पर्सा बी.म.नपा.वडा नं.१६ नगवा फुलवारीटोल स्थितबाट नियन्त्रणमा लिइएको  हो ।