आज (सोमबार) देशभर बर्षातको सम्भावना नरहेको र देशभर मौसम सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
यसैकारण आज कतै वर्षा तथा हिमपातको सम्भावना छैन । काठमाडौं उपत्यकामा पनि आज बिहानैदेखि घाम लागेको छ ।
दिउँसोतिर भने देशको पूर्वी पहाडी भेगमा आंशिक (कहिले घाम, कहिले बादल) बदली हुने सम्भावना छ ।
यस बाहेक सबै ठाउँमा दिनभर मौसम सफा रहने महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ । राति पनि देशभरकै मौसम सफा रहने मौसमविद्ले अनुमान गरेका छन् ।