logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

होली मनाएर फर्कने क्रममा फेवातालमा खस्यो कार


अंकुरण खबर
819
Shares

पोखराको फेवातालमा सोमबार कार खस्दा कारमा सवार ४ जना घाइते भएका छन् ।

खपौदीबाट लेकसाइड तर्फ आउदै गरेको ग २ च ६९१२ नम्बरको कार सोमबार बिहान ११:४५ बजे रातोमाटो डाँडा नजिकैबाट १ सय मिटर तल तालमा खस्दा चालक सहित ४ जना सामान्य घाइते भएका छन् ।

घाइते हुनेमा लेकसाइड बस्ने करीब ३२ बर्षीय चीरण बस्नेत, ३० बर्षका संजय यादव, चालक ३७ बर्षीय राजु पहारी र उनकी २ बर्षीया छोरी राविया पहारी रहेको प्रहरीले जनाएको छ ।

होली मनाएर फर्कने क्रममा कार दुर्घटनामा परेको बताइएको छ । कार चालकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ ।