logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा फेरि पश्चिमी वायुको प्रभाव : एक-दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना


अंकुरण खबर
1.014K
Shares

नेपालको मौसमी प्रणालीमा फेरि पश्चिमी वायुको प्रभाव देखिएको छ। जसका कारण आज (मंगलबार) मध्य र पूर्वी पहाडका एक–दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन्।

पश्चिमी वायुको प्रभावले मंगलबार मध्य र पूर्वी पहाडका एक–दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मंगलबार देशभरी नै घाम लाग्दै बादल लाग्नेछ भने दिउँसोपछि मध्य र पूर्वी पहाडी क्षेत्रको एक–दुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

पश्चिमी वायुकै प्रभावले अहिले पनि पहाडी भेगको मौसम आशिंक बदली भएको छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै छ । पश्चिममा मंगलबार भन्दा बुधबार धेरै बदली भइ पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।