logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मदिरा पिएर चिर्पट प्रहार गरी अपाङ्गता भएकी श्रीमतीको हत्या


अंकुरण खबर
1.95K
Shares

अपाङ्गता भएकी श्रीमतीको हत्यामा संलग्न रहेको आरोपमा विराटनगरमा एक वृद्ध पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१२ का ७२ वर्षीय परण ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो । उनले ७० वर्षीया श्रीमती सगुत्री ऋषिदेवको हत्या गरेको आरोप छ ।

आपसी विवादका क्रममा सोमबार परणले श्रीमतीलाई दाउराले प्रहार गरेको र सोही कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको जनाएको छ । परणले अत्याधिक मादक पदार्थ सेवन (मापसे) गरेको पाइएको प्रहरीले जनाएको छ । मृतक वृद्धा प्यारालाइसिसका कारण पाँच वर्षदेखि अपांगता जीवन बिताइरहेकी थिइन् ।

आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको ऋषिदेव परिवारमा तीनमध्ये अपांगता भएका दुई छोराको बोली आउँदैन । एक छोराले ज्यालामजदुरी गर्छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले घटनाको अनुसन्धान थालिएको जानकारी दिएका छन् ।