logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट


अंकुरण खबर
1.118K
Shares

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट भएको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको निर्माणधिन घरमा बुधबार बिहान बिहान अन्दाजी समय ७ः५० बजे बम विष्फोट भएको हो ।

भक्तपुर प्रहरीका अनुसार विस्फोटका कारण बाँस्कोटाको घरको पर्खाल र सिसाहरुमा क्षति पुगेको छ भने त्यहाँ राखिएको बा१९ च४७८१ नं को डेलिभेरी भ्यानको अगाडि को सिसा फुटेको प्रहरीले जनाएको छ । त्यस्तै बास्कोटाका छिमेकीहरु कपिल केसी र कुबेर घिमिरेको घरको सिसा समेत फुटेको छ ।