logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुधबार अमेरिकी डलरको भाउ बढ्यो, अन्य देशको कति ?


अंकुरण खबर
910
Shares

बुधबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।

विश्वभर फैलिएको कोरोना भाइरसको प्रभाव विदेशी मुद्रामा पनि परेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९० पैसा तोकेको छ। यो मूल्यदर अहिलेसम्मकै उच्च हो।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३४ रुपैयाँ ४२ पैसा छ भने बिक्रीदर मूल्य १३५ रुपैयाँ ११ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५४ रुपैयाँ २३ पैसा छ भने बिक्रीदर मूल्य १५५ रुपैयाँ १ पैसा छ।