logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार, आफैले काटे दार्‍ही


अंकुरण खबर
1.313K
Shares

गत बुधबार दोस्रो पटक मृर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफैले  आफ्नो दार्‍ही काटेका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भइरहेको र नियमित हिडडुल र व्यायाम गर्ने गरेको पनि बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जाल टवीटरमा ट्वीट गर्दै यस्तो बताएका हुन् ।

यस्तो छ उनको स्टाटस:

यता शिक्षण अस्पतालमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा निश्चिन्त र विश्वस्त नभएसम्म प्रधानमन्त्रीलाई डिस्चार्ज नदिने चिकित्सकहरुले बताएका छन् ।

डिस्चार्जपछि पनि संक्रमणको डर कायम हुने भएकाले प्रधानमन्त्री ओली पहिलेकै अवस्थामा पुग्न एक वर्ष लाग्ने प्रधानमन्त्रीका नीजि चिकित्सक डा. दिव्या सिंह शाहले बताइन् ।