logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोकुल निवास विष्फोट घटनाप्रति प्रचण्डको आक्रोश


अंकुरण खबर
1.079K
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा भएको बम विस्फोटको भर्त्सना गरेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज एक विज्ञप्ती जारी गर्दै बाँस्कोटाको निजी निवासमा भएको बम विस्फोटको भर्त्सना गरेका हुन् ।

प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा संलग्नलाई नियन्त्रणमा लिई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण पनि गराइएका छ ।

पूर्वमन्त्री समेत रहेका बाँस्कोटाको भक्तपुरको मध्यपुर नगरपालिका–१ लोकन्थलीस्थितघरमा आज बिहान प्रेसर कुकर बम विष्फोट भएको थियो ।