logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

जापान रोजगारी : कात्तिकमा भाषा परीक्षा र सीप परीक्षण


अंकुरण खबर
1.053K
Shares

काठमाडौं – रोजगारीका लागि जापान जाने नेपाली नर्सिङ केयर गिभरका लागि कार्तिक १० र ११ गते भाषा परीक्षा र कार्तिक १९ र २० गते सीप परीक्षण गर्ने भएको छ ।

परीक्षणमा पुरुष र महिला दुबै सहभागि हुन पाउने बताइएको छ । नेपालवाट १४ क्षेत्रमा कामदार लैजाने घोषणा गरेपनि पहिलो बर्ष एक क्षेत्रमा मात्रै कामदार लैजान लागिएको हो ।

भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । नर्सिङ कियर गिभरमा जाने कामदार जापानको सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमासहभागी हुन पाउनेछन् ।