नेपाल स्टक एकसचेञ्ज (नेप्से) साताको चौथो दिन आज बुधबार छलाङ मारेको छ ।
साताको सुरु देखि नै निरन्तर ओरालो लागेको नेप्से चौँथो दिनमा आइपुग्दा ह्वात्तै बढेको हो । बुधबार नेप्से परिसूचक ७३ दशमलव ७८ अंकले बढेर १ हजार ४ सय २३ दशमलव ०९ बिन्दूमा पुगेको छ ।
आज कारोबार रकम पनि उच्च वृद्धि भएको छ । नेप्सेमा बुधबार २ अर्ब २२ करोड १० लाख ८१ हजार ६९० बराबरको कारोबार भएको छ ।
त्यस्तै आज समग्र परिसूचक बढेको बढेका छन् ।