कुवेतमा आज (बिहीबार)देखि दुई सातासम्म सार्वजनिक बिदा भएको छ ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै कुवेत सरकारले यस्तो निर्णय गरेको जनाईएको छ । कुवेतमा नेपाली लगाएत अरु देशका आप्रवासी कामदार धेरै रहेका छन् ।
करिब ८५ हजार नेपाली कामदार कुवेतमा रहेको तथ्याङ्क छ ।
कुवेतले शुक्रबार मध्यरातदेखि लागू हुने गरी कार्गो बाहेकका सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने निर्णय गरेको छ ।
अन्तर्रष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म कुवेतमा ७२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।