बाजुराको बुढीगङ्गा नगरपालिकाको कार्यालयमा बुधबार रात्री ८ ३० मा आगलागी भएको छ ।
नगरपालिकाको कृषि विकास शाखामा रहेको विद्युतको तार सर्ट हुँदा आगलागी भएको हो । आगलागीबाट नगरपालिकाको कृषि,स्वास्थ्य र योजना शाखाका सम्पुर्ण सामान पुर्ण रुपमा नष्ट भएको जनाइएको छ ।
दिउँसो काम गरेर सबै कर्मचारी आ -आफनो कोठा तर्फ गएको र बेलुका ८ बजे विद्युतको तार सर्ट भई आगलागी भएको नगर प्रमुख दीपक शाहले बताए। आगलागीबाट शाखामा रहेका सबै सामान नष्ट भएका छन्।
कार्यालयमा आगलागी हुँदा झण्डै २१ लाख बराबरको क्षति भएको जनाइएको छ ।