logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना जाँचका लागि तुलसीपुरमा डेस्क राखिने


अंकुरण खबर
1.56K
Shares

विश्वभर संक्रमणका कारण जनजीवनमा त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि तुलसीपुर उपमहानगरपालिकाले दुई ठाउँमा हेल्प डेस्क राख्ने भएको छ ।

भारतबाट आउने यात्रुहरुलाई लक्षित गरेर वडा नम्वर १३ को दमारगाउँ र विमान सेवा प्रयोग गर्ने यात्रुहरुलाई लक्षित गरेर तुलसीपुरले विमानस्थलमा यस्तो डेस्क स्थापना गरिने भएको हो ।

कार्यपालिकाको ८१ औ बैठकले यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिएका छन् । उनका अनुसार आवश्यकता अनुसार थप काम पनि उपमहानगरपालिकाले अगाडि बढाउनेछ ।

स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेका अनुसार हेल्प डेस्कमा ज्वरो जाँच गर्ने थर्मल गन राखिने भएको छ । ‘कोरोनाको आशंका हुने वित्तिकै हामीले राप्ती प्रादेशिक अस्पतालमा रहेको आइसोलेसन वार्डमा राखिनेछ ’ प्रमुख न्यौपानेले बताए । उनका अनुसार आवश्यकता अनुसार अन्य ठाउँमा पनि हेल्प डेस्क राखिने भएको छ ।