logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीन जनाको कोरोना भाइरस परिक्षण : दुईको नेगेटिभ रिपोर्ट, एकको आउन बांकी


अंकुरण खबर
871
Shares

चितवनका तीन जना व्यक्तिको नोबल कोरोना भाइरस परीक्षण गरिएकोमा दुई जनाको नेगेटिभ रिपोर्ट आएको  छ । एक जनाको भने रिपोर्ट आउन बांकी रहेको भरतपुर अस्पतालले जनाएको छ ।

कोरोना रोग रोकथाम र नियन्त्रण समन्वय समितिको बैठकपछि जारी भएको विज्ञप्तिमा दुई जनाको नमुना परीक्षण गरिएकोमा दुवैको नेगेटिभ आएको र आज गरिएको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको उल्लेख छ । बिरामीको नमुना केन्द्रीय प्रयोगशालामा पठाइएको छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार आइसलेसन वार्डलाई विस्तार गरेर १९ शैयाको बनाइएको छ ।

बिहीबार बसेको रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले सरकारले निर्देशन गरे बमोजिम जनचेतनामूलक र अन्य नियन्त्रणका कार्यक्रमहरु सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।