सुनसरी, बराहाक्षेत्र नगरपालिका–५ मा बिहबिार साँझ टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
स्थानीय मन्जु राजधामिको ५ वर्षीय छोरा सुजनको मृत्यु भएको हो ।
नडाहाबाट कालाबन्जरतर्फ जाँदै गरेको को १ ख ५७६५ नम्बरको टिपरले सडक पार गर्दै गरेका सुजनलाई ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई धरानबाट थप उपचारको लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।