logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सुन तोलामा ३ हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?


अंकुरण खबर
585
Shares

आज पनि सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुन ३ हजार र चाँदी ४० रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाला सुन तोलामा ३ हजारले घटेर ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन ८१ हजार ५ सयमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ७८ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी पनि ४० रुपैयाँले घटेर प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।