logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सारीको पासो लगाई तीन वर्षीया छोरीसहित झुन्डिए बाबु


अंकुरण खबर
2.158K
Shares

तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र तीन वर्षीया पूजा परियार बिहीबार मृत अवस्थामा फेला परेका हुन् । श्रीमतीको सारीको पासो बनाई तीन वर्षीया छोरीलाई काखमा लिएर पुनमले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी चौकी छाब्दीले जानकारी दिएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।