logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा चट्याङ लागेर एक युवती घाइते


अंकुरण खबर
650
Shares

दाङमा चट्याङ लागेर एकजना युवती गम्भीर घाइते भएकी छन् ।

शुक्रबार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ निवासी २२ वर्षीया शिवा घर्ती चट्याङ लागेर गम्भीर घाइते भएकी हुन् ।

चट्याङ लागेर घाइते भएकी घर्तीको दुबै खुट्टा जलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।