कोरोना भाइरसका कारण अमेरिकाले राष्ट्रिय संकटकालको घोषणा गरेको छ ।
यही भाइरसकै कारण ४९ जनाको मृत्यु भएपछि भाइरस नियन्त्रण गर्न भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राष्ट्रिय संकटकाल घोषणा गरेका हुन् । ट्रम्पले अत्यावश्यक बाहेक यात्रा नगर्न, भीडभाडमा नजान र सरसफाईमा विशेष ध्यान दिन सबैलाई आग्रह समेत गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकाले यस विपतमा परेका जनताको राहतका लागि ५० अर्ब डलर खर्च गर्ने जनाइएको छ ।
अमेरिकामा शुक्रबार बेलुकासम्म कोरोनाभाइरसबाट ४९ जनाको मृत्यु भएको छ भने,२२ सय ८७ जनामा संक्रमण देखिएको छ ।
भाइरसको प्रकोप कसरी अगाडी बढ्छ, सोही अनुसार संकटकाल कति समयसम्म निरन्तरता दिने किटान हुने जनाइएको छ ।