भारतले कोरोना भाइरसको संक्रमण रोक्न भन्दै नेपालसंग सिमाना जोडिएका ४ वटा नाकाबाट मात्र आवत जावत गर्ने व्यवस्था गरेको छ ।
कारोनाले महामारीमो रुप लिदै गएको बेला नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु आइतबार राति १२ बजेबाट बन्द गर्ने घोषणा गरेको हो ।
तर यो नियम भिसा नचाहिने नेपाल र भुटानका नागरिकहरुमा भने लागु हुने छैन् । तेस्रो मुलुकका नागरिकहरु नेपालका नाका प्रयोग गर्दै भारत छिर्दा संक्रमणको संभावना प्रवल रहने भएकाले यस्तो व्यवस्था गरेको भारत सरकारले जनाएको छ । अब नेपालीले भारत आवत–जावत गर्दा उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकामात्रै प्रयोग गर्न पाउने भएका छन् ।
प्रवेश अनुमति पाएका देशका नागरिकहरुले अनिवार्य परिचय पत्र बोक्नुपर्ने र सिमानामा स्वास्थ्य जाँच गराउनुपर्ने छ ।
कोरोना भाइरसबाट दुई जनाको मृत्यु र ८२ जना संक्रमित भएपछि भारतले सुरक्षा सतर्कता अपनाउँदै सिमानाहरुमा कडाइ गरेको छ । सीमा क्षेत्रका बजारमा पनि विदेशीहरुलाई पनि प्रवेश बन्देज गरिएको छ ।