नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफु सभापतिको दाबेदार रहेको तर पार्टी सभापति कोइराला परिवारबाटै हुनुपर्छ भन्ने पक्षमा नरहेको बताएका छन् ।
शनिबार गोरखामा नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा डा. कोइरालाले १४ औं महाधिवेशनमा कोइरालाले सभापति कोइरालै परिवारबाट मात्रै हुनुपर्ने भन्ने मत नरहेको बताए । उनले भने ‘जसले मेहनत गर्छ, जो कार्यकर्ता माझ पुगेर रिझाउन सक्छ, त्यही सभापति हुन्छ ।’
पत्रकारहरुले तपाईं सभापतिको उमेदवार बन्नेकी नबन्ने भन्ने प्रश्नमा कोइरालाले घुमाउरो पारामा सभापतिको उम्मेद्धारी दिने संकेत गर्दै भने ‘मेरो खुट्टा परालको होइन भन्ने बुझ्नुस् ।’