सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ । आज सुन १ हजार ५ सय र चाँदी ३० रुपैयाँले घटेको हो ।
आइतबार छापावाला सुन तोलामा १ हजार ५ सयले घटेर ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुन तोलामा ७८ हजार ५ सयमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी पनि आज ३० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।