चीनबाट सुरु भएको नोवल कोरोना (कोभिड–१९) भाइरस संक्रमित सबैभन्दा बढी इटलीमा देखिएको छ ।
पछिल्लो तथ्यांक अनुसार, इटलीमा १७ हजार ७५० संक्रमित छन् । जबकि, चीनमा १० हजार ७ सय ७३ मात्रै संक्रमित छन् । चीनमा स्वास्थ्यलाभ गर्ने दर अत्यधिक भएपछि संक्रमितको संख्या घटेको हो । चीनमा कुल ८० हजार ८४४ संक्रमितमध्ये ६६ हजार ९१२ जना निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा चीनमा जम्मा २० नयाँ संक्रमित देखिएको छ । इटलीका २१ हजार १५७ संक्रमितमध्ये जम्मा १ हजार ९६६ जना निको भएका छन् । इटलीमा १ हजार ४४१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
१५० देशमा कुल ७४ हजार ९५८ जनामा मात्रै यसको संक्रमण बाँकी छ । उनीहरू ६९ हजारभन्दा बढीको अवस्था सामान्य रहेको एजेन्सीहरूले जनाएका छन् ।
कोरोना देखिएका १ एक लाख ५६ हजार ७३० मध्ये ७५ हजार ९३३ जना निको भइसकेका छन् । कोरोनाबाट ५ हजार ८३९ जनाको ज्यान गएको छ । एजेन्सी