सिराहा नगरपालिका–२२ मा आज बिहान स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
ठक्करबाट स्थानीय नरेश कुमार सिंहको २ वर्षीय छोरा पंकजको मृत्यु भएको हो । आज बिहान पौने ११ बजे घ १ ख ३५७ नम्बरको बसले बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अर्नामाले जनाएको छ ।
बस चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।