logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको डल्लुबाट ७८ हजार थान मास्क सहित आठ जना पक्राउ


अंकुरण खबर
858
Shares

मास्कमा कालोबजारी गरेको आरोपमा आज आठ जना पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौंको डल्लुबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट लुकाएर राखिएको ७८ हजार थान मास्कसमेत बरामद गरेको छ ।

उनीहरुले रु पाँच पर्ने मास्कलाई रु ३१ सम्म लिएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोकका मिन्टु तामाङ, ललितपुर सातदोवाटो बस्ने मानकाजी लामा, रामेछाप घर भई नागर्जुन बस्ने अनिष कार्की, बाजुरा घर भई एकान्तकुना बस्ने थुमराज उपाध्याय, कोटेश्वर बस्ने निर्प कार्की, नागार्जुन नगरपालिका–२ का उज्ज्वल अधिकारी, रामेछाप घर भई ललितपुर बस्ने शिव खड्का र काभ्रे घर भई स्वयम्भु बस्ने निशान तामाङ रहेका छन् ।