logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ठमेलको होटेलमा लगेर किशोरी बलात्कार गरेको आरोपमा १ जना पक्राउ


अंकुरण खबर
1.261K
Shares

ठमेलको होटलमा लगेर १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी  गरेको अभियोगमा एकजना व्यक्ति पक्राउ परेका छन् ।

तनहुँको ब्यास नगरपालिका–२ दमौली घर भएका ४६ वर्षीय हेमसिंह शाही पक्राउ परेका हुन्। प्रहरीका अनुसार

शाहीले १८ वर्षीया किशोरीलाई ललाई–फकाई काठमाडौं महानगरपालिका–२६ अमृतमार्ग ९ठमेल०को होटलमा लगेर बलात्कार गरेका थिए ।

आफूमाथि बलात्कार गरेको भन्दै पीडित युवतीले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका शाहीमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।