logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर कारोबार आजदेखि दैनिक ५ घण्टा


अंकुरण खबर
793
Shares

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले आजदेखि शेयर बजारको कारोबार समय १ घण्टा थप दैनिक ५ घण्टा बनाउने भएको हो ।

धितोपत्र बोर्डले बोर्डले केहि दिन अघिमात्र शेयर बजारको कारोबार सयम वृद्धि सम्बन्धी पत्र नेप्सेमा पठाएर नेप्सेको राय मागेको थियो । नेप्सेको रायपछि बोर्डले निर्देशन दिदै अर्को व्यवस्था नभएसम्मका लागि परिक्षणका रुपमा पाँच घण्टा शेयर कारोबार गर्न लागिएको नेप्सेले जनाएको छ ।

अब प्रारम्भिक कारोबार समय बिहान १०ः३० बजेदेखि ११ बजेसम्म तोकिएको थियो । ११ बजेदेखि ४ बजेसम्म बोल कबोल र निरन्तर कारोबार समय तोकिएको छ ।

त्यस्तै अन्तिम कारोबार भने ४ बजेदेखि ४ः०५ बजेसम्म तोकिएको छ ।