logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वडा सदस्यका छोरा एक लाख ६० हजार घुससहित पक्राउ


अंकुरण खबर
1.17K
Shares

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको भंगाहा नगरपालिका-८ का वडा सदस्य कारी साहका छोरा मुकेशलाई एक लाख ६० हजार घुससहित पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गर्दा मुकेश पक्राउ परेका हुन् । वडाध्यक्ष मो रफिक आलमसँग मिलेर वडा सदस्य कारीले छोरा मुकेशलाई घुस लिन पठाएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका उपसचिव हरिप्रसाद घिमिरेका अनुसार सडक ढलानको बि भुक्तानीका लागि समितिसँग वडाध्यक्ष र वडा सदस्यले घुस मागेका थिए ।  पक्राउ परेका मुकेशलाई आवश्यक कारवाहीका लागि बर्दिबास कार्यालय लगेको छ।

छोरा घुससहित पक्राउ परेपछि वडा सदस्य कारी र वडाध्यक्ष रफिक सम्पर्कविहीन बनेका छन् ।