logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारी अस्वस्थ


अंकुरण खबर
2.041K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी बिरामी परेकी छन्।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति बिरामी भएपछि तीन दिनदेखि उनले कसैसँग भेटघाट गरेकी छैनन्।

“तीन–चार दिनदेखि उहाँको घाँटी र नाकमा समस्या देखिएको छ। त्यही भएर कसैसँग भेटघाट गर्नु भएको छैन,” राष्ट्रपति कार्यालय स्रोतले भन्यो, “आन्तरिकरूपमा उहाँको उपचार भइरहेको छ।”

राष्ट्रपति भण्डारी बिरामी भएपछि प्रदेश प्रमुखहरूले पनि उनलाई भेट्न पाएका छैनन्। राष्ट्रपति कार्यालयले राष्ट्रपति बिरामी रहेको भन्दै भेटको समय दिएको छैन।