logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


अंकुरण खबर
1.274K
Shares

बाँकेमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आज  एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–२, आनन्दनगरका २८ वर्षीय चित्रबहादुर थापा छन्।

युवकले आफूलाई घरसम्म पुर्‍याइदिन्छु भन्दै भे.१च २२९७ नम्बरको भ्यानमा राखी बैजनाथ गाउँपालिका-४ गाबरस्थित होमस्टेमा लगेर जबरजस्ती करणी गरेको किशोरीले जाहेरी दिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय, कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।