मलेसियाबाट नेपाल फर्किएका एक जनामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।
केही दिनअघि मलेसियाबाट फर्केका ती व्यक्तिलाई रुघा, खोकी र ज्वरो देखिएपछि कोरोना संक्रमण भएको आशंकामा जाँच र परिक्षणका लागि रगत र र्यालको नमूना काठमाडौं ल्याइएको हो ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ती बिरामीलाई धनुषाकै रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।
अस्पतालमा कोरोना चेकजाँच गर्ने सुविधा नभएका कारण नमूना सोमबार बिहान काठमाडौं ल्याइएको बताइएको छ ।