logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकैदिन २ हजारले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार?


अंकुरण खबर
936
Shares

सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ । आज सुन २ हजार र चाँदी ८० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुन तोलामा २ हजारले घटेर ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन ७७ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज ८० रुपैयाँले घटेर प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।