logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या तीन पुग्यो


अंकुरण खबर
689
Shares

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

महाराष्ट्रको राजधानी मुम्बईको कस्तरुवबा अस्पतालमा आज एक ६४ वर्षीय पुरुषको मृत्यु भएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतमा यसअघि कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।

भारतमा कोरोनाको संक्रमणबाट पहिलो पटक कर्नाटकको कलबुर्गीमा एक ७६ वर्षीय पुरुष र त्यसपछि दिल्लीमा एक ६८ वर्षीय महिलाको मृत्यु भएको थियो ।

अहिलेसम्म भारतमा १ सय २८ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।