logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

दुवईमा रोजगारीमा लगाइदिने भन्दै लाखौँ ठगी गर्ने एक जना


अंकुरण खबर
1.469K
Shares

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विभिन्न व्यक्तिलाई दुवईमा रोजगारीमा लगाइदिने भन्दै लाखौँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले बाग्लुङ ढोरपाटन ४ का शिव कुमार घर्ती मगरलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो। मगर रानीवन बस्दै आएका थिए।

उनले नौ जनालाई वर्किङ भिसा लगाइदिने भनी १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

उनलाई टोलीले थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं टेकु पठाएको छ।