नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ६ ट्याबलेट सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही, हरिवन नगरपालिका भोगटेनीस्थित बाटोबाट नियन्त्रित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका चापानीका अनिल कुमार बल्मपाकी र सोही ठाउँ बस्ने पारस खड्का रहेका छन् ।
ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले बा.५५ प ६७४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी सोमबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।