logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थानकोटमा ट्रकभित्रै १७ वर्षीया किशोरी सामुहिक बलात्कृत, ३ युवक पक्राउ


अंकुरण खबर
1.144K
Shares

धादिङ घर भएकी एक १७ वर्षीया किशोरी काठमाडौंमा सामुहिक बलात्कारको शिकार बनेकी छन् ।

उनलाई काठमाडौंको थानकोट लगेर ट्रकभित्र सामुहिक बलात्कार गरिएको हो । चन्द्रागिरी नगरपालिका–१५ तीनथानामा पार्किङ गरेर राखिएको ना ३ ख ६९४ ट्रकभित्रै चालक, सहचालकसहित तीन जनाले किशोरीलाई सामुहिक बलात्कार गरेका हुन् ।

मंगलबार बिहानै धादिङकी ती किशोरी घर जान गाडी कुरेर बसेकी थिइन् । त्यस क्रममा तीन जनाले फेला पारी उनलाई घर पुर्‍याई दिने भन्दै सडक किनारमा पार्किङ गरी राखिएको ट्रकभित्र लगेर सामुहिक बलात्कार गरेको पाइएको थानकोटस्थित महानगरीय प्रहरी वृत्तका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।

बलात्कारमा संलग्न तीन जनालाई पक्राउ गरि घटनाको गम्भीर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–९ का पासाङ तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका–२ का कपिल खड्का र दाङ राप्ती गाउँपालिका–१ का सञ्जय घर्ती मगर पक्राउ परेका छन् । उनीहरू २० देखि २५ वर्षसम्म उमेरका रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई थानकोट प्रहरी वृतको हिरासतमा राखेर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । पीडित किशोरीलाई भने माइती नेपाल संस्थाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।