कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल भर्ना भएका तीन जना विदेशीलाई संक्रमण नभएको पाइएको छ । दुई जनाको भने रिपोर्ट आउन बाँकी छ ।
विदेशबाट आएका उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले अस्पताल पठाएको हो । तीन जना सोमबार र दुई जना मंगलबार साँझ अस्पताल भर्ना भएका थिए । उनीहरु पाँचजना अमेरिका र स्कटल्याण्डका नागरिक हुन् ।
उनीहरु मध्ये चार जनालाई आइसोलेटेड बेडमा राखिएको थियो भने एक जनामा निमोनियाँ देखिएकाले आईसीयूमा भर्ना गरिएको थियो ।
तीन जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरुलाई आज डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए । दुई जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ ।