ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गरेको भन्दै वाणिज्य , आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई बिक्रेतालाई जनही दुई लाख रुपैयाँ जरिवाना गराएको छ ।
जरिवानामा पर्नेमा सत्याल एण्ड किराना पसल टीकाभैरव र मैतीदेवी पेट्रोल पम्पल रहेको छ । उक्त किराना पसलले ग्यास तथा अन्य खाद्य्य सामानको कृत्रिम अभाव सिर्जना गरेको र पेट्रोल पम्पले इन्धन भण्डारण गरी कृत्रिम अभाव सिर्जना गरेको फेला परेकोले उक्त पसल पम्पलाई २/२ लाखको दरले जरिवाना गरिएको हो ।
बुधबार विभागको टोलीले १० वटा फर्म तथा सप्लायर्समा अनुगमन गर्दा ४ वटालाई जरिवाना गराएको विभागले जनाएको छ । कुनै पनि वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, तोकिए भन्दा बढी मूल्य लिने काम कुनै पनि व्यपारिक फर्महरुले गरे सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।
उपभोक्ताले ११३७ मा फोन गरेर विभागमा गुनासो गर्न सक्नेछन् ।