logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनासँग लड्न सेनाले गर्दैँछ यस्तो पूर्व अभ्यास (फोटोफिचर)


अंकुरण खबर
1.755K
Shares

चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) अहिले सम्म १ सय ६२ देशमा फैलिसकेको छ । नेपाली सेनाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्नो आन्तरिक तयारी तीव्र बनाएको छ ।

बुधबार सैनिक मुख्यालयमा कोरोनाको आइसोलेसन वार्ड कसरी गर्न सकिन्छ भनि नेपाली सेनाले (उच्च सतर्कता) पूर्वतयारीको अभ्यास गरेका छन् ।

सेनाले आन्तरिक तयारी स्वरुप सैनिक मुख्यालयमा अस्थायी टेन्ट निर्माण गरी आफ्ना चिकित्सकहरुलाई तालिम दिएको छ । उपत्यका बाहिरका नेपाली सेनाका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुलाई तालिम दिएको हो ।

नेपाली सेनाका ५० जना मेडिकल क्षेत्रका र आइसोलेसनमा आवश्यक पर्ने विभिन्न जनशक्ति समेटेर कसरी वार्ड तयार पार्न सकिन्छ भनेर पूर्व अभ्यास गरेको हो । देशभरका १८१ जना प्राविधिकलाई सेनाले छनौट गरेर उनीहरुलाई प्रयोगात्मक ज्ञान प्रदान गरेको सैनिक मुख्यालयका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।

क्वारेनटाइन जुनसुकै समयमा बनाउनु पर्ने भएकाले कोरोनाको उच्च जोखिमपूर्ण अवस्था हेरेर सेनाले पूर्व तयारी थालेको हो।

हेर्नुस् तस्विरहरु: