logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बजारमा कुनैपनि वस्तुको अभाव हुन नदिने जिम्मा म लिन्छु : मन्त्री भट्ट


अंकुरण खबर
689
Shares

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा कुनैपनि वस्तुको अभाव भए त्यसको जिम्मा आफुले लिने बताएका छन्।

बुधबार मन्त्रालयमा भएको ‘कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तरक्रियामा मन्त्री भट्टले बजारमा खाद्यान्न तथा औषधि लगायतका वस्तुको अभाव नभएको र सरकारले अभाव हुन नदिने उल्लेख गर्दै यस्तो बताएका हुन् ।

मन्त्रालयले नियमित बजार अनुगमनलाई तिव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही पनि भइरहेको उल्लेख गर्दै मन्त्री भट्टले राज्यले कुनै पनि वस्तुको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए । उनले भने, ‘पेट्रोल, डिजेल, ग्यास, खाद्यन्न, औषधि र अन्य कुनै वस्तुको अभाव छैन्। राज्यले अभाव हुन दिन्न् । विभागिय मन्त्रीको हैसियतले त्यसको जिम्मा म र मेरो टिमले लिन्छ।’

मन्त्री भट्टले पेट्रोल तथा सिलिण्डर घरमा राखेर दुर्घटनाको जोखिम नबढाउन पनि आग्रह गरेका छन्।