logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस प्लास्टिक र खिया नलाग्ने स्टिलमा ७२ घण्टासम्म जीवित रहने


अंकुरण खबर
1.222K
Shares

कोरोना भाइरस तीन दिनसम्म जीवित रहने एक अनुसन्धानले देखाएको छ ।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थको वित्तिय सहयोगमा गरिएको उक्त अनुसन्धानमा प्लास्टिक र खिया नलाग्ने स्टिलको सतहमा तीन दिनसम्म जीवित रहने उल्लेख गरिएको छ । त्यस्तै यो भाइरस हावामा रहेका धुलो र पानीका कणमासमेत तीन घण्टासम्म जीवित रहने जनाइएको छ ।

यो अनुसन्धानका अनुसार कोरोना भाइरस फैलाउन मद्दत गर्ने SARS-CoV-2–भाइरस प्रयोगात्मक परिस्थिती अन्तर्गत परीक्षण गर्दा SARS-CoV-1 सँग मेल खाने भेटियो ।

यो अनुसन्धानमा उल्लेख गरिएको छ :

– यो नयाँ कोरोनाभाइरस खिया नलाग्ने स्टिल र प्लाष्टिकमा ७२ घण्टाका लागि जीवित रहन सक्छन् ।

– यस्तैगरी, तामाको भाँडामा चार घण्टा र कार्डबोर्डमा २४ घण्टासम्म यो जीवित रहन सक्छ ।

– साथै, हावामा रहेका धुलो र पानीका कणमा यो अनुसन्धान अवधि भर करिब ३ घण्टासम्म सक्रिय रहने छ ।

सन् २००२ मा चीनमै SARS-CoV-1 भाइरसका कारण  महामारी फैलिएको थियो । एजेन्सी