logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

निर्भया बलात्कारका दोषी चारै जनालाई भोलि मृत्युदण्ड


अंकुरण खबर
1.326K
Shares

निर्भयाको सामूहिक बलात्कारपछि हत्यामा संलग्न दोषी चारै जनालाई मार्च २० तारिख विहान साढे ५ बजे मृत्युदण्ड हुने भएको छ ।

१६ डिसेम्बर २०१२ मा निर्भयाको सामुहिक बलात्कारपछि हत्या भएको थियो । निर्भयाको बलात्कारपछि हत्या भएको अभियोगमा भारतको उच्च अदालतले मुकेश सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षय ठाकुरलाई मृत्युदण्ड सजाय सुनाएको थियो । यसअघि पटक पटक अदालतमा उनीहरुको रिट परेका कारण फाँसीको सजाय रोकिदै आएको थियो ।

गत महिना दोषी पवन गुप्ताले सर्वोच्च अदालतमा क्यूरेटिव याचिका दाखिल गरेर फाँसीको सजायलाई जन्मकैदमा बदल्न माग गरेका थिए । तर सो याचिकालाई खारेज गरिएको थियो । चारै जना दोषीले अलग–अलग तारिखमा आफ्नो दया याचिका दायर गरेका थिए, जसकारण उनीहरुको फाँसीको मिति पटक पटक सारिएको थियो ।

यसै बीच मृत्युदण्डको दुई दिनअघि मात्रै दोषी अक्षयकी श्रीमती पुनिताले बिहारको औरंगाबाद जिल्लाको अदालतमा सम्बन्धविच्छेदको निवेदन दिएकी छिन् । उनले ‘म विधवाको रुपमा बाँच्न चाहन्नँ त्यसकारण मृत्युदण्ड अघि कानूनी रुपमा हाम्रो सम्बन्धविच्छेद होस्’भन्दै सम्बन्धविच्छेदको माग गरेकी छिन् । सम्बन्धविच्छेदको मागले उनीहरुको मृत्युदण्ड नरोकिने संकेत गरिसकेको छ । एजेन्सी