त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेदेखि तय गरिएको स्नातक तथा स्नातकोत्तर सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले कोरोना भाइरसको बढ्दो संक्रमणसँगै चैतमा सञ्चालन गर्ने तयारी गरिएका सबै परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय गरिएको जानकारी दिए ।
विश्वविद्यालयले नियमित पठनपाठन पनि चैत मसान्तसम्म बन्द गर्ने निर्णय लिएको छ । कोरोनाको प्रभाव हेरेर विश्वविद्यालयले परीक्षा र कक्षा सञ्चालनका विषयमा निर्णय लिने जानकारी दिएको छ ।
