logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

डडेल्धुराको जंगलमा पासो लगाएर आधा दर्जन गाईको हत्या


अंकुरण खबर
1.521K
Shares

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सामूहिक रुपमा गौहत्या भएको पाइएको छ ।

देउपाल सामुदायिक वन क्षेत्रमा ग्यालविन तारले पासोमा झुण्ड्याएर मारिएका आधादर्जन गाइको शव र कंकाल भेटिएको हो ।

५ वटा गाई रुखमा झुण्ड्याइएको अवस्थामा र एउटा गाईको बङ्गारा भेटिएको छ भने गाई मार्नका लागि बनाइएको ग्याविन तारको दुईवटा खाली पासो भेटिएका छन्‌ ।

सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा करिब एक साताअघि गाईको हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

गाईलाई कसले र किन पासो लगाएर मारेको हो भन्ने विषयमा भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।