logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से झिनो अंकले बढ्यो


अंकुरण खबर
1.716K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पाचौँ दिन आज बिहिवार झिनो अंकले बढेको छ । केहि हप्ता देखि निरन्तर ओरालो लागेको नेप्से आज झिनो अंकले बढेको हो ।

नेप्से आज १३ दशमलव ५० अंकले बढेर १ हजार २ सय ६९ दशमलव ३० विन्दुमा कायम भएको छ भने १ अर्ब ९० करोड ३१ लाख ४२ हजारको कारोबार भएको छ ।

एक सय ७३ कम्पनीहरुको १८ हजार सात सय ९२ वटा कारोवारमा ५१ लाख छ हजार छ सय ८१ कित्ता शेयर खरिद बिक्री भएका छन । उक्त परिमाणमा शेयर खरिद बिक्री हुंदा कारोवार रकम रकम एक अर्ब ९० करोड ३१ लाख ४२ हजार आठ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक बढेकाछन भने पाँच वटाको घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दसमलव ६५ अंकले बढेर ११ सय २० दसमलव ३९ बिन्दुमा चढेको छ भने जलबिद्युत समुहको सुचक पनि नौ दसमलव १६ अंकले बढेर नौ सय ३७ दसमलव ९२ बिन्दुमा चढेको छ ।

निर्जिवन बीमा, जीवन बीमा, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने तीन दसमलव २७ अंकले घटेर १७ सय १७ दसमलव ३८ बिन्दुमा झरेको छ । फाईनान्स,  ट्रेडिङ, होटल र उत्पादनमुलक समुहको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९६ पैसाले बढेर १७ सय २३ रुपैयाँमा कारोवार भएको छ । र बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सेन्ट्रल फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ५२ पैसाले घटेर एक सय १४ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरीको प्रतिकित्ता १३ सय चार रुपैयाँ अन्तिम मुल्यमा ३१ करोड ३३ लाख पाँच हजार चार सय ८७ रुपैयाँको कारोवार भएको छ ।