चीनको सीजाङमा गएको६.२ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँमा पनि महसुस गरिएको छ ।
शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्रविन्दु काठमाडौँ भन्दा १८७ किलोमिटर उत्तरपूर्व रहेको छ।
यसअघि चैत २ गते कास्की केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।