logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कोरोना भाइरस न्यूनिकरण तथा अनुभव आदानप्रदान गर्न आज नेपाल र चीनबीच भिडियो कन्फ्रेन्स हुने


अंकुरण खबर
1.664K
Shares

नेपाल र चीनबी कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न आज(शुक्रबार) भिडियो कन्फ्रेन्स हुने भएको छ ।

आज दिउँसो ३ बजे नेपालसहित दक्षिण एशियाली देशहरुको सहभागितामा सिंहदरवारबाट भिडियो कन्फ्रेन्स हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै नेपालले चीनलाई औपचारिक पत्राचार गरिसकेको छ । उता चीनले पनि आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्ति सहितको सहयोग दिने प्रस्ताव नेपाललाई गरिसकेको छ । यसैको आधारमा भिडियो कन्फ्रेन्स हुन लागेको हो । भिडियो कन्फ्रेन्समा स्वास्थ्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागि हुनेछन् ।