आज दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्णय गरेलगत्तै शुक्रबारबाट राष्ट्रिय सभाको बैंठक अनिश्चतकालसम्मका लागि स्थगित गरिएको हो ।
कोरोना भाइरसको संभावित जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउँदै अर्को सूचना नआएसम्म बैठक स्थगित गर्ने निर्णय गरिएको जनाइएको छ ।
प्रतिनिधिसभाको बैठक पनि एक हप्ता पछि सारिएको छ ।